Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीलाई गौतमको आग्रह – ठुलो पार्टीको अध्यक्षको हैसियतले एकताको पहल गर्नुस्

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ठुलो पार्टी अध्यक्षको हैसियतले एकताको पहल लिन आग्रह गरेका छन् ।

तत्कालिन नेकपा जोड्ने अभियानमा लागेका गौतम पार्टी निर्णय भएपछि पहिलो पटक ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

‘तत्कालिन नेकपा विभाजन भएपछि सबैभन्दा ठुलो पार्टी अध्यक्ष तपाई नै हुनुहुन्छ । तपाईले नै वाम एकता जोड्न पहल गर्नुस् त्यसपछि मात्रै माहोल बन्दै जान्छ’ गौतमको सचिवालय स्रोतले भन्यो, ‘त्यसमा केपी कमरेडले खासै प्रक्रिया दिनुभएन । बरु विगतका कुरा गरेर फर्किनुभयो ।’

गौतमको प्रस्तावलाई ओलीले महत्वका साथ नलिएको बताएको छ । तत्कालिन नेकपा फुटाउन गौतम आफै सक्रिय भएकाले पुनः एकता गराउन जानुको कुनै अर्थ नभएको ओली निकट एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077