Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बैंकिङ कसुर मुद्दामा तीन दिन कैद सजाय सुनाइएकी विष्णुमाया पक्राउ

काठमाडौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका -५ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका -८ बस्‍ने ४२ वर्षीया विष्णुमाया योञ्जन रहेकी छिन् ।

उनलाई सीआईबीको टोलीले काठमाडौंको टेकुबाट पक्राउ गरेको हो । उच्च अदालत पाटनले उनीविरुद्ध बैंकिङ कसुर मुद्दामा तीन दिन कैद र ७ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै योञ्जनले २०७७ साल फागुन १३ गते पीडितलाई रकम भुक्तानी गर्नका लागि एनएमबी बैंक लिमिटेडको चेक काटेका थिए ।पक्राउ परेका उनीलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको ब्‍यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077