Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • कागजात किर्ते प्रकरणमा दोषी ठहर भएकी एमाले सांसद खातुनले दिइन् राजीनामा

    कागजात किर्ते प्रकरणमा दोषी ठहर भएकी एमाले सांसद खातुनले दिइन् राजीनामा

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 906
    SHARES

    विराटनगर । सरकारी छाप, दस्तखत र कागजात किर्ते गरेको अभियोग प्रमाणित भएको लामो समयपछि प्रदेश १ की एमाले सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन्।

    बुधबार पदबाट राजीनामा दिएकी खातुनको राजीनामा सभामुख प्रदीपकुमार भण्डारीले बिहीबार स्वीकृत गरेका हुन्।



    मोरङबाट प्रतिनिधित्व गर्ने खातुनको मुद्दा दोहोर्‍याउने आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको अर्को साता उनले राजीनामा दिएकी हुन्।



    अघिल्लो साता मात्रै सर्वोच्च अदालतले खातुनविरूद्धको सरकारी सही छाप र दस्तखत कीर्ते मुद्दा दोहोर्‍याउन अनुमति दिन अस्वीकार गरेको थियो।

    सरकारी कागजात किर्ते अभियोगमा उच्च अदालत विराटनगरले दोषी ठहर गरेपछि खातुनले सर्वोच्चमा मुद्दा दोहोर्‍याउन माग गरेकी थिइन्।

    तत्कालीन कदमाह गाउँ विकास समितिमा रहेको ३ विगाहा १० कट्ठा जग्गाको मोही पाउन खातुनले २०७१ चैतमा गाविस सचिवको सिफारिस आफैंले गरेको र एकै दर्ता नम्बरका दुई वटा सिफारिस गरेको भन्दै किर्ते मुद्दा परेको थियो।

    मोरङ जिल्ला अदालतले उनलाई २०७६ वैशाख ३१ गते दोषी प्रमाणित गर्दै एक वर्ष कैद सजायको आदेश दिएको थियो। अदालतको आदेश लगत्तै फरार रहेकी उनले जिल्लाको आदेशविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गरेकी थिइन्।

    विराटनगर उच्च अदालतले २०७४ पुस ९ गते उनको बारेमा फैसला सुनाउँदै सजाय थपेको थियो। उनलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरीवानाको फैसला भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार