Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • देउवालाई नेम्वाङको आग्रह : एसपीपीका सम्पूर्ण चिठी संसदमा पठाइदिनुस्

    देउवालाई नेम्वाङको आग्रह : एसपीपीका सम्पूर्ण चिठी संसदमा पठाइदिनुस्

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 873
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) का सबै पत्र संसदमा प्रस्तुत गर्न सुवासचन्द्र नेम्वाङ सरकारलाई आग्रह गरेका छन् ।

    एसपीपीमा विवाद भएपछि केपी शर्मा ओली प्रधानमत्री भएको १५ दिनपछि नेपाली सेनाका प्रधानसेनापतिले २०१५ मा अमेरिकी दूतावासलाई देखेको पत्र सार्वजनिक भएको बताए । तर तत्कालीन प्रधानमन्त्री ओलीले पत्र पठाउँदा आफूलाई नसोधिएको मात्र बताएका छन्, पत्रको वैधानिकतामा प्रश्न गरेका छन् ।



    संसद दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा पूर्व सभामुख समेत रहेका नेम्वाङले यो विषयलाई यत्तिकै छाड्न नहुने बताए ।



    उनले अघि भने, ‘सम्पूर्ण चिठीहरु रक्षा मन्त्रालयमा छ । मेरो आग्रह छ, सबै चिठी खारकखुरुक संसदमा प्रस्तुत गरिदिनुस् न प्रधानमन्त्रीज्यू । जोजो संलग्न छन्, देखिन्छ नि ।’

    आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई यही भनेको र उनले आउनुस् न कुरा गरौंला भनेको नेम्वाङले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार