Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अवरोधका कारण संसदमा जनताको कुरा राख्न पाइएन : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संसद विघटन र एमालेको अवरोधका कारण संसदमा जनताको कुरा राख्न नपाएको गुनासो गरेका छन् ।

संसद दिवसका अवसरमा भएको कार्यक्रममा बोल्दै नेता नेपाले संसद राम्रोसँग चल्न र काम गर्न नपाउँदा समस्या भएको गुनासो गरेका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको र अहिलेको संसदमा नेकपा एमालेले बारम्बार अवरोध गरिरहेकोप्रति खनालको भनाइ लक्षित थियो ।

अवरोधका कारण पुनर्स्थापित प्रतिनिधि सभामा पनि जनताको कुरा राख्न नपाइएको, सरकारले कानुन बनाउन नपाएको बताए । सनकको भरमा संसद विघटन गरेका कारण देशमा गैरदलीय प्रवृत्ति विकास भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077