एजेन्सी । फिलिपिन्सको राष्ट्रपतिमा फर्डिनान्ड मार्कोस जुनियर नियुक्त भएका छन्।
यसै महिना भएको राष्ट्रपतीय निर्वाचनमा मार्कोस जुनियरले ६० प्रतिशत मत हासिल गरेका थिए।
मार्कोस जुनियर राष्ट्रपति बनेसँगै मार्कोस परिवार फिलिपिन्सको राज्यसत्तामा जोडदार पुनरागमन गरेको छ।
यो परिवार सन् १९८६ को विद्रोहपछि सत्ता बाहिर थियो। यस्तै उपराष्ट्रपतिमा निवर्तमान राष्ट्रपति रोड्रिगो डुर्टेटकी छोरी सारा डुर्टेट नियुक्त भएकी छन्। राष्ट्रपति र उपराष्ट्रपतिले आज राजधानी मनिलास्थित नेशनल म्युजियममा शपथ लिएका छन्।
Leave a Reply