Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे वामदेव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

बिहीवार बिहान उनले ओली निवास बालकोटमा पुगेर ओलीसँग भेट गरेका हुन् । एमालेसँग अलग्गिएर बसेका गौतमले केही दिनअघि मात्रै नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरेका थिए ।

उनले मुलुकभर रहेका कम्युनिस्ट पार्टीहरूबीचको एकता आह्वान गरिरहेका छन् । उनले आगामी दिन महिनासम्म एकताका लागि पहल गर्ने अभियान घोषणा कार्यक्रममा बताएका थिए ।

राष्ट्रियसभा सदस्य समेत रहेका वामदेव गौतमले मंगलबार काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ पार्टीको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077