Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

झापा । ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक दमक नगरपालिका–९ का अन्दाजी ३७ वर्षीय दिपक नेपाल रहेका छन् ।

नेपालले चलाएको प्रदेश १–०१–०१२प १४५३ नम्बरको मोटरसाइकल र ना ७ ख ८७३५ नम्बरको ट्रक गएराती सवा ११ बजे आपसमा ठोक्किएका थिए ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पतालमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077