Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने - रुससँग लड्न मासिक पाँच अर्ब डलर आवश्यक छ

एजेन्सी । रुससँग लड्न आफ्नो देशलाई मासिक पाँच अर्ब डलर आवश्यक पर्ने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

स्पेनमा भइरहेको उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको महत्त्वपूर्ण शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै उनले युक्रेनलाई आधुनिक हातहतियार अति आवश्यक रहेको समेत जानकारी गराएका हुन् ।

जेलेन्स्कीले रुसको आक्रमण अहिले युक्रेनमा केन्द्रित भए पनि आउँदा दिनमा युक्रेनमा मात्र सीमित नहुने चेतावनी पनि दिए । उनले यसतर्फ गम्भीर बन्न पनि नेटोका नेताहरूलाई आग्रह गरे ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले पुटिनले शान्ति भङ्ग गरेकाले अमेरिकाले युरोपभरि आफ्नो सैन्य उपस्थिति विस्तार गर्ने घोषणा गरेका थिए । नेटो प्रमुख येन्स स्टोल्टनवर्गले शीतयुद्धको अन्त्यपछि गठबन्धनमा सबैभन्दा ठूलो फेरबदल हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077