Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • नेपालसँग द्विपक्षीय सहयोगात्मक साझेदारी विकास गर्न इच्छुक : चीन

    नेपालसँग द्विपक्षीय सहयोगात्मक साझेदारी विकास गर्न इच्छुक : चीन

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 978
    SHARES

    एजेन्सी । नेपालसँग द्विपक्षीय रणनीतिक सहयोगात्मक साझेदारी विकास गर्नका लागि चीन मिलेर काम इच्छुक रहेको बताएको छ ।

    चीनको परराष्ट्र मन्त्रालयले बुधबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ जतिसक्दो चाँडो चीन आउने प्रतीक्षा गरिरहेको बताउँदै यस्तो बताएको हो ।



    परराष्ट्र प्रवक्ता चाउ ली च्येनले नवनियुक्त नेपाली राजदूतलाई स्वागत गर्न इच्छुक रहेको बताए । उनले नवनियुक्त राजदूतको आगमनसँगै विगतमा दुई देशका शीर्ष नेताहरूबीच भएका सहमति कार्यान्वयन हुने अपेक्षा गरेको बताए ।



    राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई अघिल्लो बिहीबार राजदूत नियुक्त गरेकी थिइन् । एक साताभित्र चीनले पनि नियुक्तिको समर्थन गर्दै सहकार्यको अपेक्षा प्रकट गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार