Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • सहायक न्यायाधिवक्ता थोकर सरुवा प्रकरण : महान्यायाधिवक्ता खातीविरुद्ध सर्वोच्चमा उजुरी

    सहायक न्यायाधिवक्ता थोकर सरुवा प्रकरण : महान्यायाधिवक्ता खातीविरुद्ध सर्वोच्चमा उजुरी

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।

    ललितपुर जिल्ला सरकारी वकिल कार्यालयकी सहायक न्यायाधिवक्ता संगीता थोकरले हेटौंडास्थित वाग्मती न्यायाधिवक्ताको कार्यालयमा गरिएको सरुवाको विरुद्धमा खातीविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेकी हुन् ।



    थोकरलाई असार २ गते ललिलतपुरबाट हेटौंडा सरुवा गरिएको थियो । व्यापारी सुशील चटौतले घरमा काम गर्ने एक १३ वर्षे बालिकालाई ३ वर्षदेखि बलात्कार गर्दै आएको मुद्दामा अभियोजन कमजोर बनाउन महान्यायाधिवक्ताको सचिवालयमा कार्यरत दुई कर्मचारीले दबाब दिएको थोकरले बताउँदै आएकी छन् ।



    नाबालिका बलात्कार मुद्दामा कमजोर अभियोजनका लागि आफूले नमानेको भन्दै महान्यायाधिवक्ता कार्यालयले नियम विपरीत सरुवा गरेको थोकरको आरोप छ । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजालसले आदेश दिएपछि थोकरले बुधबार मुद्दा दायर गरेकी हुन् ।

    थोकरको उजुरीमा महान्यायाधिवक्ता खाती, उनको सचिवालय र महान्यायाधिवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ । अदालतले थोकरको मुद्दाको सुनुवाइका लागि बिहीबारको समय तोकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार