Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निजगढ विमानस्थल फैसलामा दुई न्यायाधीशको फरक राय बाझियो

काठमाडौं । निजगढ विमानस्थलसम्बन्धी सर्वोच्च अदालतको फैसलामा न्यायाधीशबीच राय बाझिएको छ ।

निजगढ विमानस्थलमा सरकारले गरिरहेको काम रोक्ने गरी जेठ १२ गते सर्वोच्च अदालतबाट भएको आदेशमा बृहत पूर्ण इजलासका ५ मध्ये २ न्यायाधीशले फरक राय दिएका हुन् ।

न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको इजलासमा न्यायाधीश कार्की र शर्माले फरक राय दिएका हुन् ।

उनीहरुले निजगढमा हाल प्रस्ताव गरिएको क्षेत्रको दक्षिणतर्फको सरकारी स्वामित्त्वको खाली जमीन र सोसँग जोडिएको व्यक्तिगत जग्गाहरू समेतलाई जोडेर वा सो आसपासको वनक्षेत्र कम भएको अन्य स्थानको सम्भाव्यता अध्ययन गरी विमानस्थलको आधारभूत संरचनाका लागि आवश्यक हुने क्षेत्रफल बराबरको जमीनको पहिचान विमानस्थल निर्माणलाई पहिलो प्राथमिकता दिन आदेश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077