Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • यी हुन् मन्त्रिपरिषदले गरेका १० निर्णय

    यी हुन् मन्त्रिपरिषदले गरेका १० निर्णय

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 984
    SHARES

    काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ। सूचना तथा सञ्चारमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबारको बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेका हुन्।

    यस्ता छन् निर्णयहरू
    १ काठमाडौं उपत्यकाभित्रका प्रशारण लाइन र सब–स्टेशनमा संरचनागत सुधार, विस्तार र स्तरोन्नतिका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भीक कारबाही चलाउने अधिकारीसमेत तोक्ने ।



    २ विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने।



    ३ सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली–२०७९को मस्यौदाथि लोकसेवा आयोगको परामर्श लिने।

    ४ मध्यभोटेकोशी जलविद्युत् आयोजनाको २२० केभी प्रशारण लाइन विस्तारका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ।

    ५ कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने।

    ६ भेडेटार स्काइवाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने।

    ७ महाकाली पुल आयोजना क्षेत्रमा रहेका रुख हटाउने।

    ८ बृहत्तर जनकपुर विकास परिषद् कोषको अध्यक्षमा धनुषाका शीतल साहु पुर्वेलाई नियुक्ति गर्ने।

    ९ निजामती सेवा पुरस्कारका लागि सिफारिस समितिको सदस्य तोक्ने।

    १० श्रेणीविहीन स्थायी कार्यालय सहयोगीहरुको सेवा समूह र पद परिवर्तन गर्ने।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार