Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • नाम फेर्न दवाव झेलिरहेका लामिछानेको पार्टीले ‘घण्टी’ चिन्ह नपाउने

    नाम फेर्न दवाव झेलिरहेका लामिछानेको पार्टीले ‘घण्टी’ चिन्ह नपाउने

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 717
    SHARES

    काठमाडौं । पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका रवि लामिछानेले रोजेको घण्टी चिन्ह नपाउने सम्भावना बढेको छ । लामिछानेले रोजेको घण्टी चिन्ह यसअघि नै दर्ता भएको पाइएको छ ।

    उनले रोजेको चिन्ह घण्टी राष्ट्रवादी पार्टीको चुनाव चिन्हका रुपमा यसअघि नै आयोगमा दर्ता भइसकेको छ । २०७३ साल मंसिर ३० गते आयोगमा दर्ता भएको सो पार्टीको कार्यालय नारायण गोपाल मार्ग काठमाडौं रहेको छ ।



    पार्टीका केन्द्रीय संयोजक सहजाद मियाँ भिकरानी रहेका छन् । निर्वाचन आयोगकाअनुसार कुनै एउटा दलको नाममा दर्ता भएको चुनाव चिन्ह अर्को दलले पाउन सक्दैन ।



    राष्ट्रवादी दल अन्य कुनै दलमा मर्ज भएर १ वर्ष बितेको र अर्कै चुनाव चिन्ह लिएको अवस्थामा मात्र सो चिन्ह पाउन सक्ने आयोगको भनाई छ । राष्ट्रिय स्वतन्त्र पार्टीको नामको विरोधमा परेको २ उजुरीमाथि आयोगले अध्ययन गरिरहेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार