Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • मल अभावका कारण हिलोमा रमाउन नेताहरु खेतामा जान सक्ने अवस्था नभएको महामन्त्री शर्माको भनाई

    मल अभावका कारण हिलोमा रमाउन नेताहरु खेतामा जान सक्ने अवस्था नभएको महामन्त्री शर्माको भनाई

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 993
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मल अभावका कारण असार १५ मा हिलोमा रमाउन नेताहरु खेतामा जान सक्ने अवस्था नरहेको बताएका छन् ।

    नेपाल प्रेस युनियनद्वारा काठमाडौंमा आयोजित ‘प्रेस स्वतन्त्रतामा मिथ्या समाचारको प्रभाव’ विषयक कार्यक्रममा उनले किसानले मल पाउन नसकेको विषयमा असन्तुष्टि व्यक्त गरे ।



    ‘अहिलेको सरकार बन्नुभन्दा अघि पनि मल यस्तै अभाव थियो । हाम्रो पार्टी सभापति प्रधानमन्त्री बन्नुभयो । उहाँ प्रधानमन्त्री भएपछि यति हजार मेट्रिक टन छ, यति हजार मेट्रिक टन आवश्यक छ , त्यसबेला पनि भनिएकै हो,’ उनी भन्छन् ।



    सँधै मलको अभाव हुने कुराले समुन्नतिमा पुग्न नसकिने भन्दै प्रधानमन्त्रीको डिफेन्स गर्न नसकिएको उनको भनाइ छ । ‘म त्यही पार्टीको हो । मैले प्रधानमन्त्रीको डिफेन्स पनि गर्नुपर्छ । तर सँगैमा त्यो बेला पनि मलको समस्या, अहिले पनि मलको समस्या ? यसले नेपाल समुन्नतीमा पुग्न सक्दैन ,’ महामन्त्री शर्माले भने ।

    असार १५ मा हिलोमा रमाउने भनेर अहिले खेतमा पसिसक्ने स्थिति नभएको उनले बताए । ‘आज असार १५ गते दही चिउरा खाने दिने हो । खेतमा हिलोमा रमाउने दिन । तर हिलोमा रमाउने भनेर अहिले खेतमा पसिसक्ने स्थिति छैन । किसानले च्याप्प समातेर हिलोमा रमाउन आउनुभएको नेताजी ? मल खै ? भने जवाफ के दिने ?,’ उनको प्रश्न छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार