Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • महिलाको क्षमता भन्दा पनि रुप हेरेर जागिर दिने गरिएको छ : सांसद पाण्डे

    महिलाको क्षमता भन्दा पनि रुप हेरेर जागिर दिने गरिएको छ : सांसद पाण्डे

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेकी सांसद विन्दा पाण्डेले महिलाको क्षमता भन्दा पनि रुप हेरेर जागिर दिने गरेको बताएकी छन् ।

    बुधबार प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितको बैठकमा बोल्दै उनले क्षमताभन्दा पनि रुप हेरेर जागिर दिने भएकाले एसिड पीडितले जागिर पाउने सम्भावना कम भएको बताएकी हुन् ।



    उनले भनिन्,‘एसिडबाट जलेका वा जलाएकाहरु शारिरिक रुपमा केही परिवर्तन देखिन्छन् । तर उनीहरु मानसिक रुपमा अरु जत्तिकै सक्षम हुन्छन् तर रोजगार दिने सवालमा क्षमता हेरिँदैन ।’



    एसिड पीडितलाई शिक्षा, स्वास्थ्य उपचार र रोजगार सुनिश्चित गर्नुपर्ने उनले बताइन् । एसिड पीडितको आर्थिक अभावमा तत्काल उपचार हुन नसकेको भन्दै उनले त्यसलाई सम्बोधन गर्न ध्यानाकर्षण गराइन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार