Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्लटिङ सिस्टमले गर्दा नेपालको खेती गोलमाल भयोः ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको भू-बनोटअनुसार उपयुक्त हुने भएकाले धानबालीमा जोड दिनुपर्ने बताएका छन् ।

धानको व्यवसायीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउनुपर्ने उनको धारणा छ । १९औं धान दिवसको अवसरमा भक्तपुरको सिरुटारमा आयोजित रोपाइँ महोत्सवमा बोल्दै ओलीले प्लटिङ सिस्टमले गर्दा नेपालको खेतीपातीमा समस्या भएको उल्लेख गरे ।

ओलीले नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भएर पनि आयातको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद भएको बताए ।

नेपालको हावापानी र माटो सबै हिसाबले धान उत्पादनका लागि उपयुक्त रहेको ओलीले बताए । यो सबै भूभाग र वातावरणलाई सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077