Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पेट्रोल पम्पको काउन्टर फोडेर ५ लाख चोरी, २ जना पक्राउ

उदयपुर । त्रियुगा नगरपालिका–३ स्थित उर्जा पेट्रोल पम्पको काउण्टरबाट नगद चोरी भएको छ ।

काउन्टर फोडेर नगद चारेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३० वर्षीय रोहित कार्की र २५ वर्षीय मनिस सिलवाल छन् ।

आरोपीहरुलाई मंगलबार दिउँसो पक्राउ गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए ।

आरोपीहरुले काउन्टरको ताला फुटाएर ५ लाख ६१ हजार नगद चोरेको पम्प संचालकको अरोप छ । आरोपीहरुको साथबाट प्रहरीले ५० हजार ७ सय रुपैयाँ नगद बरामद गरेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077