Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बैंकिङ कसुर मुद्दामा एक महिना कैद सजाय सुनाइएकी बबिता ७ वर्षपछि पक्राउ

काठमाडौं । बैंकिङ कसुरको मुद्दामा एक महिना कैद सजाय सुनाइएकी महिलालाई प्रहरीले साढे ७ वर्षपछि पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चितवनकी ४१ वर्षीया बबिता पन्त पौडेललाई काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको हो।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७१ माघ २९ गते उनलाई १ महिना कैद र १० लाख रुपैयाँ जरिवनाको फैसला सुनाएको थियो।

पौडेललाई जनरल फाइनान्स लिमिटेडको कर्जा दुरुपयोग गरी अनुचित लाभ लिएको आरोप लागेको थियो। पक्राउ परेकी पौडेललाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पठाइने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077