Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • ताण्डव मच्चाउने राज्यमन्त्री वलीले दिइन् राजीनामा

    ताण्डव मच्चाउने राज्यमन्त्री वलीले दिइन् राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 879
    SHARES

    दाङ । असार १ गते एकराज बस्नेतको घरमा प्रवेश गरी उनकी पत्नी मीना र नावालिक छोरीलाई कुटपिट गरेकी लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन्।

    वलीले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको जनाईएको छ । दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर ‘मेरो पोई खै ?’ भन्दै उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेकि थिइन । त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो ।



    पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार