Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुई दिनअघि शपथ लिएका मन्त्रीहरुलाई अध्यक्ष नेपालको प्रशिक्षण

काठमाडौं । दुई दिनअघि मन्त्रीको शपथ लिएका पार्टीका ४ मन्त्री र १ राज्यमन्त्रीलाई एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले मन्त्रीहरुलाई प्रशिक्षण दिएका छन् ।

पार्टी कार्यालय तीनकुनेमा एक घण्टादेखि नेपालले नवनियुक्त मन्त्रीहरुलाई प्रशिक्षण दिइरहेको एक नेताले जानकारी दिए ।

यसअघि मन्त्री भएकालाई पनि मन्त्री हुनेबित्तिकै प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ , सहरी विकासमन्त्री मेटमणि चौधरी, श्रम तथा सामाजिक विकासमन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङका साथै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077