Online Nepal
  • बुधबार, २ माघ २०८१
  • दोहोरी गायिका दिलमाया मृत्यु प्रकरण : पोष्टमार्टम रिपोर्ट आयो

    दोहोरी गायिका दिलमाया मृत्यु प्रकरण : पोष्टमार्टम रिपोर्ट आयो

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट आएको छ ।

    सुर्खेतको गुर्भाकोट नगरपालिका २ की ३३ वर्षीया दिलमाया काठमाडौंको तारकेश्वर नगरपालिका ११ नेपालटारस्थित डेरामा शनिबार विहान मृत फेला परेकी थिइन् ।



    सोमबार दिलमायाको शव पोष्टमार्टम गरिएको थियो। पोष्टमार्टममा ‘ह्याङ्गिङ’ (झुन्डिएर) का कारण ज्यान गएको देखिएको त्रिवि शिक्षण अस्पताल महाराजगन्ज स्रोतले जनाएको छ ।

    ‘यो भनेको आत्महत्या नै हुनसक्ने देखियो। कसैले घाँटी थिचेर हत्या गरेको हुन्थ्यो भने स्वासप्रश्वास अवरुद्ध भएर मृत्यु भएको देखिन्थ्यो। त्यस्तो पाइएन ।’ अस्पताल स्रोतले भन्यो ।

    प्रहरीले यो घटनामा सुनारका प्रेमी सूर्य श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनाको कारण पोष्टमार्टम रिपोर्टबाट खुलेपछि त्यही अनुसार अघि बढ्ने बताएको थियो । तर श्रेष्ठविरुद्ध परिवारले ज्यान सम्बन्धी कसूरमा किटानी जाहेरी दिइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार