Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एसपीपी पत्रमा मिति टिपेक्स लगाएर हातले लेखेको स्पष्ट हुन्छ, ओरिजिनल पत्र देखाऊ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी हुने तत्कालीन प्रधानसेनापतिले लेखेको पत्रमा मिति संशोधन गरिएको दाबी गरेका छन् ।

मदन भण्डारी जयन्तीको अवसरमा मंगलबार आयोजित कार्यक्रममा ओलीले २७ अक्टोबर २०१५ मा आफू प्रधानमन्त्री भएको बेला पत्र पठाएको भनिए पनि त्यसअघि नै पत्र पठाइसकेको हुन सक्ने दावी गरे ।

उनले हाल सार्वजनिक भएको तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पठाएको पत्रको मिति संशोधन गरिएकझ भन्दै वैधानिकतामा प्रश्न उठाए ।

एसपीपीमा विवाद भइरहेका बेला ओली प्रधानमन्त्री भएको ३ दिनपछि तत्कालीन प्रधानसेनापतिले अमेरिकी राजदूतलाई पत्र पठाएको हालै सार्वजनिक भएको थियो ।

ओलीले आफूलाई बद्नाम गर्ने उद्देश्यका साथ टिपेक्स लगाएर पत्र सार्वजनिक गरिएको दावी गरे । उनले भने, ‘म प्रधानमन्त्री हुनु भन्दा अगाडिको हुनसक्छ । टिपेक्स लगाएर हातले लेखेको स्पष्ट हुन्छ । हातले नलेखेको कहिलेको मितिमा पठाएको हो, त्यो ल्याऊ । ओरिजिनल पत्र देखाऊ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077