Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जबज विश्वव्यापी लागू गर्न सक्दैनौं तर नेपालमा सक्छौं : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जनताको बहुदलीय जनवाद’ अरु देशमा लागू गर्न नसक्ने बताएका छन् ।

मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले जबज अरु देशमा लागू गर्ने सामर्थ्य आफूहरुसँग नरहेको प्रस्ट पारेका हुन् ।

‘जबज विश्वव्यापी रुपमा हामी लागू गर्न सक्दैनौं तर नेपालमा सक्छौं,’ उनले भने, ‘अन्यत्र गएर लागू गर्न सक्दैनौं । यसको सहीपना, सफलताको अवश्यंभावीतालाई बुझे अरुले पनि लागू गर्न सक्लान् । हामीले हाम्रो कार्यक्षेत्रमा त्यसलाई लागू गर्ने हो ।’

मदन भण्डारीले ‘यी मनुवाहरुको कल्याण होला’ भनेर जबज प्रतिवादन नगरेको पनि ओलीले प्रस्ट्याए । जबज नेपाली समाज, व्यवहार, संघर्षबाट पृथक रहेर नभई ती सबैसँग गाँसिएर आएको ओलीको भनाइ थियो । कतिपयले जबजलाई त्यतिबेलाको संकटमोचन भन्नेमात्र ठानेको पनि ओलीको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077