Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मैले उद्घाटन गर्ने बेलामा नेपाल चकित हुनेछ : वामदेव गौतम

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले नेतृत्व गरेको पार्टी आज शिलान्यास मात्रै भएको भन्दै उद्घाटन गर्ने बेलासम्ममा नेपाल नै चकित हुने जिकिर गरेका छन् ।

उनले कम्युनिस्टहरूलाई एक ढिक्का बनाइछाड्ने उद्घोष गरे ।

‘अब देख्दै जानुस् मैले जुन पार्टीको आज शिलान्याय गरेको छु, मैले उद्घाटन गर्ने बेलामा नेपाल चकित हुने अवस्था सिर्जना हुनेछ’, उनले भने, ‘लाखौँ व्यक्ति यो पार्टीमा गोलबन्द हुनेछन् । म जुन पार्टीमा जानेछु त्यो पार्टी त्यस्तै हुनेछ । विगतमा पनि त्यस्तै भयो । म जहाँ सामेल भएको छु इमान्दारीसाथ काम गरेको छु ।’

उनले ५ वटा पार्टी आफ्नो साथमा रहेको भन्दै अझै ५–७ वटा पार्टीहरू एकतामा आउने प्रक्रियामा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077