Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ऋषि धमलाका कारण प्रतिनिधिसभाको चुनाव हारे : वामदेव गौतम

    ऋषि धमलाका कारण प्रतिनिधिसभाको चुनाव हारे : वामदेव गौतम

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 981
    SHARES

    फाइल फोटो

    काठमाडौं । वामदेव गौतमले रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाका कारण २०७४ को प्रतिनिधिसभा निर्वाचन हारेको गुनासो गरेका छन् ।

    को नयाँ पार्टी नेकपा एकता राष्ट्रिय अभियानले आज रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमा नेता गौतमले यस्तो बताएका हुन् ।



    ‘मलाई राम्रै थाहा थियो २०७४ को निर्वाचनपछि म प्रधानमन्त्री बन्न सक्दिनँ,’ गौतमले भने, ‘ऋषिजीले मलाई बाध्य पार्नुभो, उम्मेदवार त बन्नुहुन्छ तपाईँ, किन बन्नुहुन्न ?’ त्यसपछि आफू बाध्य भएर ‘अब पार्टीले बनाए, उठाएछ भने, अगाडि सारेछ भने उम्मेदवार बन्ने क्षमता त छ नि त मसँग’ भनेर भनेको उनले स्मरण गरे ।



    ‘आधा एउटा अध्यक्ष प्रधानमन्त्री हुने, आधा अर्को अध्यक्ष प्रधानमन्त्री हुने हाम्रो सम्झौता थियो । त्यो मलाई थाहा थियो,’ गौतमले भने,‘मैले प्रधानमन्त्री बन्छु भनेपछि दुवैका पक्षधरले यसलाई यहीँ हराइदिएपछि त त्यहाँ गएर केही लफडा नै हुँदैन, भनेर हराउनलागेको समेत आरोप लगाए।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार