Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • चिनियाँ विदेशमन्त्री र अफगानिस्तानका विदेश मन्त्रीबीच टेलिफोन वार्ता

    चिनियाँ विदेशमन्त्री र अफगानिस्तानका विदेश मन्त्रीबीच टेलिफोन वार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी । चिनियाँ विदेशमन्त्री विदेश मन्त्री वाङ यीले सोमबार अफगानिस्तानका कार्यबाहक विदेशमन्त्री मतिकीलाई फोन गरेर गत साताको भूकम्पबाट अफगानिस्तानमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

    वाङ यी र अफगानिस्तानको अन्तरिक सरकारका कार्यबाहक विदेशमन्त्री अमिर खान मुताकीबीच फोनवार्ता भएको हो ।



    चीन अफगानिस्तानको साथमा रहेको भन्दै वाङ यीले भूकम्पबाट प्रभावित नागरिकलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।



    यही असार ८ गतेको शक्तिशाली भूकम्पमा परी एक हजार एकसय पचासभन्दा बढीको ज्यान गएको र दुई हजारभन्दा बढी घाइते भएका बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार