Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बैंकिङ कसुर मुद्दामा १ करोड जरिवाना सुनाइएका फरार घिसिङ पक्राउ

काठमाडौं । बैंकिङ कसुरको मुद्दामा १ करोड २ लाख ५० हजार रुपैयाँ जरिवना सुनाइएका फरार व्यक्ति पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले ४३ वर्षीय विनोद लामा भन्ने विनोद घिसिङलाई काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो ।

घिसिङमाथि बैंकिङ कसुरका ३ वटा मुद्दा थियो । घिसिङले बैंक खातामा पर्याप्त रकम नहुँदा पनि १ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको चेक काटेर दिएका थिए। पछि चेक नसाटिएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।

ती मुद्दामा २०७८ पुस २७ गते उच्च अदालत पाटनले २१ दिन कैद र १ करोड २ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरे पनि उनी फरार थिए । उनले मेघा बैंकको बौद्ध शाखामा रहेको आफ्नो खातामा पैसा नभए पनि विभिन्न व्यक्तिलाई चेक काटेर झुक्याएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077