Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केपी कमरेडले कारबाही गरे भोग्न तयार छु : गौतम पत्नी थापा

काठमाडौं । नेकपा एमालेबाट सांसद भएकी तुलसा थापा नेकपा एकता राष्ट्रिय अभियानमा खुलेकी छन् ।

एमालेबाट समानुपातिक सांसद रहेकी उनी आफ्ना श्रीमानको नेतृत्वमा रहेका पार्टीमा खुलेसँगै सांसद पद धरापमा पर्ने देखिएको छ । आफू तत्कालीन नेकपालाई एक बनाउन लाग्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरे भोग्न तयार भएको उनले बताईन् ।

‘यो नेकपा एकता राष्ट्रिय अभियान हो । तत्कालिन नेकपालाई एकता गराउने अभियान हो । पार्टी एकता गर्ने भनेर लागेको अभियान हो, यसमा लाग्दा केपी कमरेडबाट कारवाही भए भोग्न तयार छु’थापाले भनिन्, ‘हामीले पार्टी फुटाउनलाई होइन कसैलाई गाली गर्नलाई होइन । तत्कालिन नेकपामा भएका सबै नेताहरु मिलेर जानुपर‍्यो भनेर आह्वान गर्ने हो ।’

तीन महिनाभित्र तत्कालिन नेकपालाई जोड्ने उद्देश्यका साथ आफूहरु अघि बढ्न लागेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077