Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वामदेवको पार्टीमा छोरा र श्रीमती पनि केन्द्रीय सदस्य, गौतम पत्नी तुल्सी दोस्रो नम्बरमा

काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता केन्द्रीय समन्वय समितिमा ७० जना केन्द्रीय समिति सदस्य हुने भएका छन् । जसमा गौतमपत्नी तुल्सी (तुलसा) थापा र छोरा हरिषदेव गौतम पनि केन्द्रीय सदस्य रहेका छन् ।

केन्द्रीय समिति सदस्यको सूचीअनुसार प्रतिनिधिसभा सदस्य समेत रहेकी थापालाई केन्द्रीय कमिटी सदस्यको दोस्रो नम्बरमा राखिएको छ । यस्तै गौतमका छोराको नाम केन्द्रीय कमिटी सदस्यको पाचौँ नम्बरमा छ । गौतमले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गर्दैछन् ।

आज अपराह्न कार्यक्रम आयोजना गरेर राजनीतिक दल घोषणा गर्न लागेको राष्ट्रिय एकता अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए। यो पार्टी पाँच दल मिलेर बनेको र यसमा ६८ सदस्यीय केन्द्रीय कमिटी रहने छ।

गौतमले दल घोषणाका लागि दिउँसो ३ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरेका छन्। राष्ट्रिय सभाका सांसद रहेका गौतम कम्युनिष्ट दलहरूलाई निर्वाचन आयोगमा दर्ता गर्ने प्रक्रियामा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077