Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बिना कागजपत्रका दुईवटा कार र मोटरसाईकलसहित तीन भारतीय नागरिक पक्राउ, चोरीको आशंका

महोत्तरी । कागजपत्र नभएका भारतीय सवारी साधनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी पर्सापतैलीबाट खटिएको टोलीले सोहि स्थानको चौरीया टोलबाट भारतीय नम्बर प्लेटका दुईवटा मारुती सुजुकी कार र एक मोटरसाइकलसहित तीनजालाई प्रकाउ गरेको हो ।

पक्राउ पर्नेमा भारतका अमरेश कुमार, लालबाबु राय र सुनील कुमार रहेका छन् । चेक जाँच गर्ने क्रममा सवारी साधनहरुको कुनै पनि कागजपत्र नभएको र नेपाल प्रवेश गर्ने भन्सार अनुमति समेत नभएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बरामद भएका सवारी साधनहरु चोरीका हुन सक्ने प्रहरीको आशंका छ । पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागी जलेश्वर भन्सार कार्यालय मलिवारा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077