Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुदाँ चालकको मृत्यु

धनुषा । धनुषाको मिथिला नगरपालिका–२ नाक्टाझिझमा हिजो साँझ मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धनौजी गाउँपालिका–३ का ३५ वर्षीय संजिव पासवान रहेका छन् ।

ढल्केबरबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ज ११ प २०८५ नम्बरको मोटरसाइकल हिजो साँझ साढे ५ बजे अनियन्त्रित भइ पल्टिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077