Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय, नयाँ मन्त्री छान्ने अधिकार उपेन्द्र यादवलाई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पनि सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव समूहको बैठकले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

उनीहरुको ठाउँमा अरु सांसदलाई सरकारमा पठाइने भएको छ । बैठकमा सहभागी नेता मृगेन्द्र कुमार सिंह यादवले मन्त्री फेर्ने निर्णय पहिलाकै भएको र हिजो कार्यान्वयनको विषय उठाइएको जानकारी दिए ।

बैठकले मन्त्री फेर्ने र नयाँ मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । यस्तै बैठकले पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, कृषिमन्त्री रहेका महिन्द्र राय यादवलगायत केही नेतालाई कारबाहीको निर्णय गरेको छ ।

पछिल्लो समय जसपाका बाबुराम र उपेन्द्र गरी दुई गुटमा विभाजित भएको छ। जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, वन मन्त्री रामसहायप्रसाद यादव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय मन्त्री महिन्द्रराय यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव सरकारमा सहभागी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077