Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

    पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 939
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीमा पोखरीमा डुबेर बेहोस भएका दुई बालिकाको मृत्यु भएको छ ।

    जिल्लाको लम्कीचुहा नगरपालिका–८ मलभङ्गा गाउँको पोखरीमा डुबेर बेहोस भएका उनीहरुको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो ।



    मृत्यु हुनेमा मलभङ्गा गाउँका लालबहादुर विष्टकी सात वर्षीया छोरी आश्रिया र भीमबहादुर कुवँरको छ वर्षीया छोरी भावना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।



    गाउँमा रहेको इँटाभट्टामा खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा सोमबार बेलुका बालिका डुबेको देखेपछि स्थानीयवासीले उद्धार गरी बर्दगोरियास्थित खापर हेल्थ क्लिनिकमा पुर्‍याएका थिए ।

    क्लिनिकमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार