Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • श्रीलंकामा तेलको हाहाकार, अत्यावश्यक बाहेकका अन्य सेवामा इन्धन बिक्री बन्द

    श्रीलंकामा तेलको हाहाकार, अत्यावश्यक बाहेकका अन्य सेवामा इन्धन बिक्री बन्द

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 945
    SHARES

    फाइल तस्विर

    एजेन्सी । आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवाबाहेक अन्य सेवाका लागि इन्धन बिक्रीमा रोक लगाएको छ ।

    सोमबार मध्य रातदेखि आगामी जुलाई १० सम्म स्वास्थ्य, कानून व्यवस्था, ढुवानी, विमानस्थल, खाद्यान्न र कृषि सेवाले मात्र इन्धन आपूर्ति पाउनेछन् ।



    समाचार संस्था एएफपीका अनुसार सरकारका प्रवक्ता बन्दुला गुणवर्द्धनाले आज रातीदेखि अत्यावश्यक सेवाहरू बाहेक कसैलाई पनि इन्धन आपूर्ति नगरिने बताएका हुन्।



    ‘सोमबार मध्यरातदेखि स्वास्थ्य क्षेत्रलगायतका अत्यावश्यक सेवाहरूबाहेक अन्य सेवालाई इन्धन बिक्री हुने छैन, किनकि हामीसँग रहेको थोरै भण्डार जोगाउन चाहन्छौं’, सरकारका प्रवक्ता बन्दुला गुणवर्द्धनाले भने।

    अभावका लागि उनले उपभोक्तसँग माफीसमेत मागेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार