एजेन्सी । रुसी सैनिक जनरल तथा रक्षा मन्त्री सर्गेइ सोइगुले युक्रेनमा युद्धरत रुसी फौजको एक समूहको निरीक्षण गरेका छन् ।
तर, रक्षा मन्त्रालयबाट सार्वजनिक गरिएको सूचनाअनुसार सोइगुले युक्रेनमा रहेका वा रुसमै रहेका फौजको निरीक्षण गरेको हो भन्ने स्पष्ट हुन सकेको छैन ।
तास लगायत रुसी सञ्चार माध्यमले भने सोइगु रुस अधिनस्थ दोन्बासमा रहेको जनाएका छन् । कमान्ड पोस्टहरूमा सोइगुले मुख्य कार्यक्षेत्रहरूमा रुसी सशस्त्र फौजका कार्य र वर्तमान अवस्थाबारे कमान्डरहरूबाट प्रतिवेदन सुनेको बताइएको छ ।
साथै युक्रेन युद्धको लडाइ अभियानमा वीरता र समर्पण प्रदर्शन गर्ने रुसी फौजलाई ‘गोल्डन स्टार’ र ‘अर्डर्स अफ करेज’ पदक तथा आभुषण पनि प्रदान गरेका छन् ।
पत्रकारहरूले तस्बिरमा सोइगु नजिक कर्णेल जनरल गेन्नाडी झिदुको देखिनुले उनी युक्रेनस्थित रुसी फौजको कमान्डर भएको पुष्टि गरेको भनेर लेखेका छन् ।
Leave a Reply