Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच भेटवार्ताको तयारी

    अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच भेटवार्ताको तयारी

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी चिनपिङबीच भेटवार्ताको तयारी भएको छ ।

    आगामी हप्ता बाइडेन-चिनपिङबीच फोनवार्ता हुने र भेटवार्ताबारे कुराकानी हुनेछ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानका अनुसार दुई नेताबीच केही हप्तामा भेटवार्ता हुने सम्भावना रहेको छ ।



    विश्वका दुई ठूला अर्थव्यवस्था भएका मुलुकका नेताबीच लामो समयदेखि जारी व्यापार विवाद, ताइवान बिषय र यूक्रेन आक्रमणमाथि पश्चिमी प्रतिबन्धको सामना गर्न रूसलाई मद्दत नगर्न बेइजिङलाई आह्वान हुने अपेक्षा गरिएको छ ।



    एक हप्ताअघि, बाइडेनले ‘राष्ट्रपति सीसँग वार्तालाप गर्ने’ योजना सार्वजनिक गरेका थिए । दुई नेताबीचको अन्तिम भिडियो सम्मेलन मार्च १८ मा भएको थियो । उक्त भेटमा बाइडेनले सीलाई यूक्रेनको आक्रमणमा रूसलाई सहयोग नगर्न चेतावनी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार