Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • थप हतियार उपलव्ध गराउन शक्ति मूलुकहरुलाई जेलेन्स्कीको आह्वान

    थप हतियार उपलव्ध गराउन शक्ति मूलुकहरुलाई जेलेन्स्कीको आह्वान

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो मुलुकलाई थप हतियार उपलव्ध गराउन शक्ति मूलुकहरुलाई आह्वान गरेका छन् ।

    जर्मनीमा जारी जी सेभेन शिखर सम्मेलनलाई भिडियोमार्फत् सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले युक्रेनका लागि थप हतियार माग गरेका हुन् ।



    उनले जर्मनीमा भेला भएका विश्व नेताहरूलाई यो बर्षको अन्त्यसम्ममा युद्ध समाप्त गर्न सहयोगका लागि समेत आग्रह गरे । उनले युद्द अन्त्यका लागि रुसमाथि दबाब बढाउन र थप प्रतिवन्ध लगाउन जी सेभेन नेताहरुसँग अपिल समेत गरे ।



    बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अफ्रिका र मध्य पूर्वमा अनिकालको डर बढ्दै गएकाले युक्रेनको अवरुद्ध बन्दरगाहबाट खाद्यवस्तुको आपूर्ति गर्नुपर्ने बताए । रूसी सैनिकले युक्रेनी शहरहरुमा आक्रमण जारी राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार