काठमाडौं । क्यानडामा हुन लागेको २ एक दिवसीय सिरिज खेल्न जान लागेको राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरेका हुन् ।
बिदाइ कार्यक्रममा कप्तान सन्दीप लामिछानेले क्यानडाको वातावरण स्कटल्याण्डको जस्तै रहेकाले यो भ्रमण लिग टूका लागि उपयोगी हुने बताए ।
नेपालले क्यानडामा २ वटा एकदिवसीय क्रिकेट खेल्ने नेपालले असार १७ ओन्टारियोसँग एक दिवसीय अभ्यास खेल खेल्नेछ । त्यस्तै, नेपालले क्यानडासँग असार २० र २१ गते गरी दुईवटा एक दिवसीय खेल्ने तालिका छ ।
नेपालले आईसीसी विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा हुने शृङ्खला अघि तयारीस्वरुप यो शृङ्खला खेल्न लागेको हो ।
Leave a Reply