Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्त तारेकेश्वरबाट पक्राउ

    बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्त तारेकेश्वरबाट पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 789
    SHARES

    काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई तारेकेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपालिका-१३ स्थायी घर भई हाल भक्तपुरको मध्‍यपुर ठिमी नगरपालिका-१ बस्‍ने ३२ वर्षीय रामचन्द्र थापा मगर रहेका छन् ।

    उच्च अदालत पाटनले २०७६ साल माघ १९ गते मगरलाई ४८ लाख ९५ हजार जरिवाना र १ लाख ९६ हजार क्षतिपूर्ति शुल्क भराउने फैसला गरेको थियो ।



    साथै २०७८ साल कात्तिक २८ गते १० लाख जरिवाना , ३ दिन कैद र ४ लाख ७० हजार जरिवाना, ३ दिन कैद र १८ हजार ८ सय क्षतिपूर्ति शुल्क भराउने फैसलामा जम्‍मा रु ६३ लाख ६५ हजार ५ सय जरिवाना र ६ दिन कैद र २ लाख ५४ हजार ८ सय रुपैयाँ क्षतिपूर्ति ठहर भएकोमा उनले जरिवाना, कैद र क्षतिपूर्तिसमेत नतिरी फरार भएका थिए ।



    प्रहरीले काठमाडौंको तारकेश्वरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार