Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • ‘सरकारले उपयुक्त नदेखेको व्यक्तिलाई जेष्ठताकै आधारमा आईजीपी बनाउनु पर्छ भन्ने छैन’

    ‘सरकारले उपयुक्त नदेखेको व्यक्तिलाई जेष्ठताकै आधारमा आईजीपी बनाउनु पर्छ भन्ने छैन’

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

    प्रहरी महानिरीक्षक नियुक्तिबिरुद्धको रिटको सुनुवाइ आज तेस्रो पटक सरेको हो । अर्को सुनुवाईको असार १९ का लागि तोकिएको छ ।



    आज सरकारको तर्फबाट महान्यायाधीवक्ता खम्मबहादुर खाती र अर्का अधिवक्ता भीमार्जुन आचार्यले बहस गरेका छन् ।



    सरकारको तर्फबाट बहस गर्दै महान्यायाधीवक्ता खातीले पोखरेल आइजीपीका दाबेदार हुन्, तर उनी उक्त पदका लागि योग्य होइनन् भन्ने तर्क गरे ।

    महान्यायाधिवक्ता खातीले आइजीपी पदका लागि धीरजप्रताप नै उपयुक्त पात्र भएको दावी गर्दै भने–‘आईजीपीका लागि उपयुक्त धीरजप्रताप सिंह नै हुन् । विश्वराज पोखरेल पनि प्रतिस्पर्धी त हुन् तर प्रहरीको नेतृत्व दिने उपयुक्त होइनन् ।’

    उनले क्षमतावान व्यक्तिलाई नै आईजीपी बनाएको बताए । उनले भने–‘उपयुक्त हुनका लागि काम कर्तव्य तोकिएको छ । त्यस आधारमा सरकारले निर्णय गरेको हो । सबै विषय यहाँ छरपस्ट नपारौं ।’

    खातीले डीआईजी र एआईजीबाट आईजीपी बनाउँदा फरक फरक व्यवस्था रहेको पनि बताए। उनले भने–‘विश्वराजलाई सरकारले उपयुक्त देखेन। उपयुक्त नदेखेको व्यक्तिलाई जेष्ठताकै आधारमा आईजीपी बनाउनु पर्छ भन्ने छैन ।’

    निवेदक पोखरेलका कानुन ब्यवसायीको बहस असार ६ गते सकिसकेपछि आज सरकारको तर्फबाट बहस गर्ने क्रम सुरु भएको छ ।

    एआइजी विश्वराज पोखरेलले बरिष्ठताका आधारमा आइजीपी नियुक्ति नगरी कनिष्टलाई गरिएकाले सरकारको निर्णय रद्द गर्न र आफूलाई आइजीपी नियुक्तिका गर्नका लागि उत्प्रेषणको आदेश माग गर्दै गएको बैशाख २२ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

    जुन रिटको सुनुवाई कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालले गर्दैछन् । यसअघि जेठ ३० र असार ५ गते पनि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

    पोखरेलले साउन २० गते अबकाश पाउँदैछन्। उनी आँफै वरियता मिचेर पटक( पटक बढुवा हुँदै आएका प्रहरी अधिकारी हुन। पोखरेलले निलम्बित प्रधानन्यायाधिस चोलेन्द्रशमेशेर जबराको आडमा वरियता मिचेर एसएसपीबाट डिआईजी हुँदै एआईजीसम्म फड्को मारेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार