Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगन थापाप्रति लक्षित गर्दै खनालले भने- मलाई चार पाटा मुडेर निकाल्नु भन्नेहरु कहाँ छन् ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपालमा अमेरिकी सेना आयो भने चारपाटा मुडियोस् भन्नेहरु कहाँ छन् भनी प्रश्न गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित समाजवादको यात्रा स् सम्भावना र चुनौती विषयक कार्यक्रममा उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै अमेरिकी सेना आयो भने मेरो चार पाटा मुडियोस् भन्नेहरु कहाँ छन् भनी सोधेका हुन् ।

प्रतिनिधिसभाबाट एमसीसी सम्झौता पारित हुँदा थापाले नेपालमा अमेरिकी सेना आउँछ भन्ने झुटो कुरा फैलाइएको भन्दै आक्रोश पोखेका थिए । उनले त्यतिबेला अमेरिकी सेना नेपालमा आएमा आफ्नो चार पाटा मुडियोस्, नागरिकता खोसियोस् भनेका थिए ।

थापाको सोही भनाइतर्फ लक्षित गर्दै खनालले अमेरिकी सेनाको स्टेट पार्टरसिप प्रोग्राममा नेपाल र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यासको विषय उल्लेख भएको मस्यौदा सार्वजनिक भएको बताए ।

‘त्यतिबेलै मान्छेहरुले भनेका थिए एमसीसी पास भयो भने अमेरिकी सेनाले नेपालको पहाडमा परेड खेल्छन् भनेर’ खनालले भने, ‘त्यस्तो कहाँ लेखेको छ भनेर भाषण गरे कतिपयले, कतिपयले मलाइ चार पाटा मुडेर निकाल्नु भनेका थिए, आज चार पाटा मुडियोस् भन्नेहरु कहाँ छन् ? '

खनालले अमेरिकी सहयोग परियोजना एमसीसीको आफूले चर्को विरोध गरेको तर कतिपय नेतालाई एमसीसी पारित नगरे समाप्त भइन्छ भन्ने डर लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077