Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • घुस काण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइराला ‘निलम्बित’

    घुस काण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइराला ‘निलम्बित’

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् ।

    सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्ने र त्यसका लागि २ करोड घुस दिने विषयमा नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग डिल गरेको अडियो असार ८ गते सार्वजनिक भएको थियो ।



    उक्त अडियो टेपमा तत्कालीन समयमा नेपाल बार एसोसिएसनमा कोषाध्यक्ष रहेका पोखरेलले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई सम्पर्क गरी २ करोड घुस लिने र त्यसबापत इच्छाराजलाई धरौटीमा छाड्न आग्रह गरेका थिए।



    घुस प्रकरण बाहिरिएपछि न्यायपरिषद बैठकले छानबिन समिति बनाएको थियो । छानबिन समिति गठनबारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बनमा परेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार