Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • नवनियुक्त श्रममन्त्री कुँवरद्वारा पदभार ग्रहण

    नवनियुक्त श्रममन्त्री कुँवरद्वारा पदभार ग्रहण

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले पदभार ग्रहण गरेका छन्।

    आज राष्ट्रपति भवन शितलननिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री कुँवरले पदभार ग्रहण गरेका हुन् ।



    राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीलाई सोमबार दिउँसो राष्ट्रपति कार्यालय र प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्रीलाई सिंहदरबारस्थित कार्यालयमा शपथ गराएका थिए।



    एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार