काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो क्षमता, योग्यताअनुसार काम गर्ने बताएका छन् ।
आइतबार सपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका शहरी विकासमन्त्री चौधरीले भने, ‘मेरो योग्यता, क्षमता अनुसार काम गर्छु । यो पदको दुरुपयोग गर्दिनँ ।’
छोटो समयका लागि आएको भए पनि धेरै काम गर्नुपर्ने भन्दै उनले आफूले रफ्तारमा काम गर्ने समेत बताए ।
उनले पदभार ग्रहण गर्दै प्रस्तावित शहरी ऐन २०७९ लाई सदर गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
Leave a Reply