काठमाडौं । एमालेको अवरोधका कारण बागमती प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
सरकार पक्ष र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बीचको विवाद समाधानका लागि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले राखेको सर्वदलीय बैठकमा सहमति जुटेपछि बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक दिउँसो १ बजेटका लागि सरिएको हो ।
बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै असार १२ गतेदेखि प्रमुख प्रतिपक्ष दल एमालेले सदनमा अवरोध गर्दै आएको थियो ।
एमालेको अवरोधका कारण रोकिएको प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि आह्वान गरिएको थियो ।
Leave a Reply