Online Nepal
  • बुधबार, २ माघ २०८१
  • गायिका दिलमायाका परिवारले दिए सूर्यविरूद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी

    गायिका दिलमायाका परिवारले दिए सूर्यविरूद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 915
    SHARES

    काठमाडौं । मृत फेला परेकी लोक गायिका दिलमाया सुनारको बुवा केशर विकले सुर्खेतबाट आएर प्रहरी वृत बालाजुमा किटानी जाहेरी दर्ता गराएका छन् ।

    प्रहरी नियन्त्रणमा रहेका काभ्रेका सुर्य श्रेष्ठविरुद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । गायिकाको शव शनिवार बिहान बेडमा भेटिएको थियो ।

    श्रेष्ठले उनको डेरामा गएर बिहान फर्केको स्विकारेका छन् । प्रहरीको अनुसन्धानबाट गायिकाको शव श्रेष्ठले नै महाराजगञ्ज स्थित कतार भिषा सेन्टर अघिल्तिर नालीमा फालेको प्रहरीसँग स्वीकार गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार