Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • जिल्ला समन्वय समिति सप्तरीमा सत्तारुढ गठबन्धनको प्यानल नै विजयी

    जिल्ला समन्वय समिति सप्तरीमा सत्तारुढ गठबन्धनको प्यानल नै विजयी

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 1.2K
    SHARES

    सप्तरी । जिल्ला समन्वय समिति सप्तरीमा सत्तारुढ गठबन्धनको प्यानल नै विजयी भएको छ ।

    आइतबार सम्पन्न निर्वाचनमा समितिको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका शिवनारायण साह २३ मत ल्याइ विजयी भएका हुन् । उनका निकटत्म प्रतिद्वन्दी जसाप र एमालेका उम्मेदवार छेदी अरगरीया यादव ११ मत ल्याएका छन् ।



    सप्तरीका १६ वटा स्थानीय तहका प्रमुख उपप्रमुख गरी समितिको निर्वाचनमा ३६ जनाले भाग लिएका थिए । त्यस्तै उपप्रमुखमा लोसपाका शम्भु कुमार यादवले २० मत ल्याएर बिजयी हुँदा एमालेका देवकान्त चौधरीले १४ मत ल्याएका छन् ।



    यस्तै महिला सदस्यमा नेपाली काँग्रेसकी रंजिता कुमारी चौधरी (थरुनी), जनमक पार्टीकी प्राणवती देवी सरदार र एकीकृत समाजवादीकी सबिता कुमारी साह निर्वाचित भएकी छिन् ।

    त्यसैगरी सदस्यहरुमा नेपाली काँग्रेसका जागेश्वर यादव, जनमत पार्टीका बृधिलाल यादव र लोसपाका सत्य नारायण मण्डल निर्वाचित भएका छन् ।

    यस्तै दलित वा अल्पसंख्यक सदस्यमा नेकपा एकृकित समाजवादीका बौहुरी भगत निर्वाचति भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार