रौतहट । जिल्ला समन्वय समिति (जिसस) रौतहटमा गठबन्धन उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।
आइतबार सदरमुकाम गौरमा भएको निर्वाचनमा काँग्रेस,समाजवादी र माओवादी गठबन्धनका उम्मेदवार प्यानलसहित विजयी भएका हुन् ।
१८ स्थानीय तहको कुल ३६ मत भएको निर्वाचनमा काँग्रेसबाट सभापति पदका उम्मेदवार रामअयोध्या यादवले कुल २६ मत प्राप्त गरी विजयी भए । त्यसैगरी उपसभापतिमा समाजवादीका महेश बैठा कुल २५ मत प्राप्त गरेर भए ।
सदस्यतर्फ काँग्रेसका अशोक कुमार झा, ईन्दु देवि, बिजुलिया पाश्वान र शेख मोज्जमिल जनही २५ मत प्राप्त गरेर विजयी भए ।दुई गाउँपालिका र १६ नगरपालिका रहेको रौतहटमा गठबन्धनको २४ एमालेको ५ र जसपा लोसपाको ७ मत रहेको थियो ।
Leave a Reply