Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • प्रतिनिधिसभाको बैठकमा गणपूरक संख्या नपुगेपछि आधा घण्टाका लागि स्थगित

    प्रतिनिधिसभाको बैठकमा गणपूरक संख्या नपुगेपछि आधा घण्टाका लागि स्थगित

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 777
    SHARES

    Joj:yflksf ;+;bsf] ;f]daf/ a;]sf] t];|f] clwj]zgsf] klxnf] a}7sdf ;xefuLx? ;f+;bx? . tl:a/ M /Tg >]i7, /f;; .

    काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा गणपूरक संख्या नपुगेपछि आधा घण्टाका लागि स्थगित गरिएको छ ।

    प्रतिनिधिसभामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाले नीति अध्ययन प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेकपा एमालेका सांसद झपट रावलले गणपूरक संख्या नपुगेको भनी प्रश्न उठाएका थिए ।



    संसदमा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्दा कुल सदस्य संख्याको एक चौथाइ सदस्य अर्थात ६९ जना उपस्थित हुनुपर्ने संसद नियमावलीको व्यवस्था छ । सांसद रावलले प्रश्न उठाएपछि सभामुख सापकोटाले सदस्य संख्या यकीन गर्न संसद सचिवालयलाई निर्देशन दिएका थिए ।



    ३ मिनेट समय दिएर सांसदको संख्या गणना गर्दा ६३ जनामात्र उपस्थित भएको पाइएको थियो । त्यसपछि सभामुख सापकोटाले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार